कर्णाली प्रदेशको निति तथा कार्यक्रम आज प्रस्तुत नहुने

सुर्खेत, जेठ २५ (जागरण) ।
कर्णाली प्रदेश सरकारले आज प्रस्तुत गर्ने भनिएको निति तथा कार्यक्रम संसदमा प्रस्तुत नहुने भएको छ । आजको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले आर्थिक वर्ष २०७५÷७६ को निति तथा कार्यक्रम प्रस्तुत गर्ने सुचि रहेको थियो । हिजो प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले सरकारले गरेका कामप्रति असन्तुष्टी जनाउँदै चालु आर्थिक वर्षको लागि ल्याइएको बजेटको तत्तकाल रातो किताब उपलब्ध गराउनुपर्ने र कर्णाली रारा पर्यटन वर्षको खर्च सार्वजनिक नगरेसम्म संसद चल्न नदिने भन्दै अवरुध गरेका थिए ।


सत्ता पक्ष र प्रतिपक्षविच भएको छलफलमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले उठाएको मागको विषयमा आजको बैठकमा सरकारले जबाफ दिनेभएपछि बैठक चल्ने भएको हो । अहिले कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दैछ । प्रदेश सभाको बैठक दिउँस ३ बजे बस्दैछ ।