सुर्खेत, २३ जेठ (जागरण) ।
राउटे यूवतीलाई हाेटलमा लिएर मदिरा सेवन गराइ याैन दूर्व्यवहार गर्ने तीन जना यूवालाई प्रहरीले पक्राउने गरेकाे छ ।
सुर्खेतकाे गुर्भाकोट नगरपालिका मेहलकुनाबाट होटल सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रकाउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ बर्षका दोमनबहादुर घर्ती, २४ बर्षका भुपेन्द्र बुढा र २९ बर्षका होटल सञ्चालक बिनोद पुन रहेको प्रहरीले जनाएको छ । दुई राउटे युवतीलाई ती यूवाहरुले होटलमा लिएर दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा पाेष्ट गरेका थिए । उक्त भिडियाेलाई लिएर दूर्व्यवहार गर्ने युवाहरुलाई कारबाही गर्न सामाजिक सञ्जालमा दबाव बढेपछि प्रहरीले उनीहरुलाई शनिबार पक्राउ गरेकाे छ ।
पछिल्लो समय राउटे समुदायमा जाने टिकटकमा भिडियो खिच्न थालेपछि राउटे युवतीहरु असुरक्षित भएका छन् । सामाजिक सञ्जाल युटुव, टिकटक र फेसबुकमा भाइरल भएका राउटे समुदायका युवतीहरु माथी दुर्व्यवहार हुन थालेको छ । भिडियो, फोटो खिच्न भन्दै राउटे समुदायमा पुग्ने स्थानीय युवाहरुबाट राउटे युवती दुव्र्यवहारको सिकार भएका हुन् । यसअघि लेकबेशी नगरपालिकाको कल्याणमा बस्दै आएका राउटे समुदाय केही दिनअघि मात्रै गुर्भाकोट नगरपालिका वडा नं. ११ आँपसोतीको भेरी नदी किनारमा बसाई सरेका छन् । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।