गुराँस गाउँपालिकाको माग: राउटे युवतीमाथी दुर्व्यवहार गर्नेलाई कडा कारबाही होस (विज्ञप्तिसहित)

सुर्खेत २३ जेठ (जागरण) । दैलेख गुराँस गाउँपालिकाले जंगलमा फिरन्ते जीवन विताउदै आएका लोपन्मुख राउटे समुदायका युवतीसँग दुव्र्यवहारमा सङ्लग्नलाई कडा कारबाही गर्न माग गरेको छ ।
आज एक विज्ञप्ती सार्बजनिक गर्दै गाउँपालिकाले यस्तो माग गरेको हो । राउटे समुदायका लागि परिचयपत्र उपलब्ध गराउँदै संरक्षणका गरिरहेको गाउँपालिकाले घटनामा संलग्न दोषीलाई वास्तविक छानविन गरि कानुन बमोजिम कारबाही गर्न माग गर्दछौ । गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

‘फिरन्ते जीवन बिताइरहेका राउटे समुदायका युवतीसँग एक होटलको बन्द कोठामा अश्लिल क्रियाकलाप गरेको भिडियो विभिन्न सञ्चारमाध्याम र सामाजिक सञ्जालमा सार्वजनिक भैरहेको प्रति गाउँपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ ।’ अध्यक्ष ओलीद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार गुर्भाकोट नगरपालिका–९ भुल्केका चमन घर्ती, भुपेन्द्र बुढा र होटल संञ्चालक बिनोद पुनलाई घटनाको वास्तविकता छानबिन गरी कानुनको दायरमा ल्याई हदैसम्मको कारबाहीका लागि जोडदार माग गर्दछौं ।’ जारि विज्ञप्तीमा भनिएको छ ।