सुर्खेत, २५ जेठ (जागरण) ।
नेपाल राष्ट्रिय शिक्षक संगठन कर्णाली प्रदेश कमिटिले आगामी शैक्षिक सत्र सुरु हुनअगाबै शिक्षक, कर्मचारी र विधार्थीका लागि कोभिड–१९ बिरुद्धको खोप लगाउन माग गर्दै सामाजिक विकास मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ ।
प्रदेश कमिटिले मन्त्रालयमा र शिक्षक संगठन सुर्खेतले खोप लगाउन माग गर्दै आज जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ तथा जिल्ला स्थानीय तहहरुमा ज्ञापन पत्र बुझाएको हो । शिक्षक विधार्थीहरु जोखिमा रहेको प्रमाणित हुँदा पनि सरकारले खोप लगाउन प्राथमिकता नदिइएको भन्दै खोप नलाएसम्म विद्यालयमा जान नसकिने संगठन सुर्खेतका अध्यक्ष रत्नबहादुर बुढाले बताउनुभयो ।
यस्तै संक्रमित तथा दिवंगत भएका शिक्षकका परिवारलाई यथाशिघ्र विमा वापत्को रकम दिनुपर्ने पनि माग गरिएको छ ।