नन्द कठायत ।
सुर्खेत, २६ जेठ (जागरण) । कर्णाली प्रदेशका स्थानीयले कोरोना महामारीका कारण युवाहरु बेरोजगार भएको भन्दै आगामी आर्थिक बर्षको बजेटबाट स्वरोजगार मूखी कार्यक्रम ल्याउन माग गरेका छन् ।
कर्णाली रैबारसँग कुराकानी गर्दै उनिहरुले कोरोना महामारीका कारण व्यापार व्यवसायसँगै धेरै व्यक्ती बरोजगारी हुनुपरेको भन्दै स्वरोजागरमुखी कार्यक्रम ल्याउन माग गरेका हुन ।
प्रदेश र स्थानीय सरकारहरु आफ्नो नीति कार्यक्रम र बजेट ल्याउने तयारीमा छन । उनिहरुले गत बर्षहरुजस्तो बजेट नबनाउन आग्रह गरेका छन ।
विरेन्द्रनगर नगरपालिका ३ का इश्वर प्रसाद रिजालले प्रदेश र स्थानीय सरकारले बनाउने बजेट स्वास्थ्य क्षेत्रसँगै बेरोजगारीलाई स्वरोजगार बनाउने खालको हुनुपर्नेमा जोड दिनुभयो ।
यस्तै सुर्खेत गुर्भाकोट नगरपालिका १३ की जानकी घर्तीले पनि अहिले कोरोनाले गर्दा सबै क्षेत्र ठप्प रहेको बेला प्रदेश सकारले शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रलाई केन्द्रीत गरेर कार्यक्रम बनाउनुपर्ने सुझाव दिनुभयो ।
उहाँले धेरै जिल्लामा अहिले पनि नेट–इन्टरनेटको पहँुच पुग्न नसक्दा विद्यार्थि शिक्षाको पहुच भन्दा बाहिर रहनुपरेको भन्दै त्यतातर्फ बजेटमा विशेष ध्यान दिन सुझाव दिनुभयो ।
यता स्थानीय सरकारहरु भने आफ्नो नीति कार्यक्रम र बजेटको तयारीमा छन । उनिहरुले स्वास्थ्य क्षेत्रलाई प्रथामिकता राख्दै स्वारोजगारमुखि कार्यक्रम सञ्चालन गर्ने बताएका छन् ।
दैलेखको नारायण नगरपालिकाले आगामी आर्थिक बर्षको नीति कार्यक्रम बजेटमा स्वास्थ्य सँगसँगै कोरोना महामारीका कारण बेरोजगार बनेका युवाहरुको लागि लक्षित गरेर नीति कार्यक्रम ल्याइने नगर प्रमुख रत्तन बहादुर खड्काले बताउनुभयो ।
यस्तै सल्यानको कुमाख गाउँपालिकाले पनि कोरोनाका कारण प्रभावित क्षेत्रलाई केन्द्रीत गरेर आफ्नो पालिकाले बजेट ल्याउने बताएको छ । गाउँपालिका अध्यक्ष दिलमाया बुढामगर (गिरी)ले भन्नुभयो ।
केन्द्र सरकारले जेठ १५ गतेसम्म, प्रदेश सरकारले असार १ गतेसम्म र स्थानीय सरकारले आसार १० गतेसम्म आफ्नो नीति कार्यक्रम र बजेट ल्याइसक्नुपर्ने संबैधानिक व्यवस्था छ ।
त्यही अन्तरगत केन्द्र सरकारले बजेट ल्याइसकेको छ भने प्रदेश र स्थानीय सरकारहरु आर्थिक बर्ष २०७८÷०७९ को नीति कार्यक्रम र बजेट ल्याउने तयारीमा छन ।