कर्णाली प्रदेशमा २० हजारभन्दा धेरै कोरोना संक्रमण मुक्त

सुर्खेत, २६ जेठ (जागरण) । कर्णाली प्रदेशमा २० हजारभन्दा धेरै कोरोना संक्रमण मुक्त भएका छन ।
स्वास्थ्य सेवा निर्देशनालयको तथ्याङ्कअनुसार थप २ सय ८५ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना जित्नेको संख्या २० हजार २ सय ९ पुगेको हो ।
यस्तै, थप २ सय ८० जनामा भने कोरोना संक्रमण पुष्टी भएको छ ।
आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा एक सय ५२ र एन्टिजेन विधिबाट गरिएको परिक्षणमा एक सय २८ गरी २ सय ८० जनामा संक्रमण पुष्टी भएको निर्देशनालयले जानकारी दिएको छ । योसँगै कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या २५ हजार ६ सय २४ पुगेको छ ।
थप ४ जनाको मृत्यु भएको छ ।