गाउँपालिका अध्यक्ष र प्रशासकीय अधिकृतको विवादले चार करोड रकम फ्रिज

खड्क सुनार ।
मुगु, २६ जेठ (जागरण) । मुगुको सोरु गाउँपालिकामा गत आर्थिक वर्ष २०७७÷७८ मा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको विवादकै कारण गाउँपालिकाको चार करोड रकम फ्रिज भएको छ । गाउँपालिका अध्यक्ष लोकबहादुर शाही प्रमुख प्रशासकीय अधिकृत धान्ने बुढाको विवादले उक्त रकम फ्रिज भएको अहिलेका प्रशासकीय अधिकृत बिरेन्द्रबहादुर मल्ल जानकारी दिनुभयो ।

पहिलो आर्थिक वर्ष जस्तो नहुँने गरी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रममा बनाउन सुरु गरेको गाउँपालिका अध्यक्षले भन्नुभयो, ’गएको आर्थिक बर्ष कार्यकारी बीचको विवादले योजनाहरु पनि विवादमा परे, सफल भएनन् ।’

उक्त योजनाहरु सम्पन्न नभएपछि गाउँपालिकाबाट चार करोड रकम फ्रिज भएको प्रशासकीय अधिकृत मल्लको भनाई छ । । उहाले भन्नुभयो, “पहिलो वर्षका नीति तथा कार्यक्रमलाई पनि प्राथमिकतामा राख्ने र आगामी आर्थिक वर्षका नीति कार्यक्रमका विषयमा गाउँपालिकामा छलफल चलिरहेको छ ।”
गत आर्थिक बर्षको फ्रिज रकमको तथ्य जानकारी पाउँन आर्थिक मामिला तथा योजना मन्त्रालय कर्णाली प्रदेशमा सिफारिस र पत्र पठाएका भन्दै उहाले अहिलेसम्म कुनै जानकारी नआएको बताउनुभयो ।
सोरु गाउँपालिकाले गरेको कामका बारेमा जानकारी दिदैँ जेठ २२ गतेको कार्यपालिकाको निर्णय अनुसार ११ वटै वडाले वडा स्तरीय योजना छलफल गरेर गाउँपालिकामा अषाढ २ गते पेश गर्नुपर्ने जानकारी वडा तहमा दिएको समेत उहाले बताउनुभयो ।
पहिलो आर्थिक वर्षको जस्तो नहुँने गरी नीति तथा कार्यक्रममा छलफल गर्न निर्देशन दिएर गाउँपालिकामा कोभिडको जोखिम बढ्दै गएपछि निषधोज्ञा जारी राखेको मल्लले बताउनुभयो ।