एमाले नेता कंडेलको प्रश्नः सरकारले संसद छलेर बजेट ल्याउन लागेको हो ?

सुर्खेत, २६ जेठ (जागरण) । नेकपा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले सदनबाट बजेट ल्याउने कर्णाली सरकारको नियत नदेखिएको बताउनुभएको छ ।
आजको संसद बैठकमा समय लिएर बोल्दै उहाले यो सरकारको सदनबाट बजेट ल्याउने नियत नभएको भन्दै संसद छलेर बजेट ल्याउन खोजिएको हो ? भन्दै प्रश्न गर्नुभएको छ ।
सरकारले जेठ २४ गते सभामुखको पहलमा बसेको सर्वदलीय वैठकमा राखेको प्रस्ताव एमालेले स्वीकार गरेपनि त्यसबाट सरकार भागेको उहाको आरोप छ ।
नेता कँडेलले भौतिक पूर्वाधार एवम शहरी विकास मन्त्री अम्मरबहादुर थापामाथि नैतिक पतन जस्तो गम्भीर मुद्दा प्रमाणित भइसकेको बताउँदै उनलाई जेठ तीस गतेसम्म सदनमा आउन नदिने लिखित सहमति सरकारले गर्न नचाहेको बताउनुभयो ।
उहाले संवैधानि बाध्यताका कारण मात्र सरकारले संसद बैठक आब्हान गरेको बताउँदै संसदबाट बजेट ल्याउने मनसाय नदेखिएको बताउनुभयो ।
यसैबीच सभामुख राजबहादुर शाहीले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।