नेपालमा केही दिनमा मनसुन भित्रिने

काठमाडौं, २६ जेठ (जागरण) । अबको एक दुई दिनमै नेपाल मनसुन भित्रने मौसमविद्हरूले बताएका छन् ।
मनसुनी प्रणाली बङ्गालको खाडीसम्म आइसकेको र त्यो पूर्वी क्षेत्र हुँदै देशभरि फैलने उनीहरूको भनाई छ ।
यसपालि मनसुन भनिने यो याममा सामान्यता १,५ सय मिलिमिटरभन्दा धेरै पानी पर्ने प्रक्षेपण गरिएको छ ।
‘औसतको १० प्रतिशत तलमाथि भएसम्म हामी सामान्य मनसुन भन्ने गर्छौँ,’ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले भन्नुभयो ।
‘दक्षिण एशियाली मौसमविद्हरूले निकाल्ने साउथ एशियन क्लाइमेट आउटलुकले यसपालि नेपाललगायत यो क्षेत्रमा औसतभन्दा धेरै वर्षा हुन्छ भन्ने प्रक्षेपण गरेको छ ।’
तर कुन स्थानमा कति पानी पर्ला अनि धेरै पानी थोरै समयमा पर्ला कि चार महिनासम्म फैलिएर पर्ला भन्ने जस्ता विषय महत्त्वपूर्ण हुने विज्ञहरू बताउँछन् ।
‘पहाडी भूभागमा पहिरो अनि अन्यत्र बाढीबारे सचेत हुनुपर्छ । निरन्तर झरी पर्ने र अनि केही समय रोकिने मनसुनको विशेषता हो ।
यो मौसममा खासगरी रातिको समय धेरै झरी पर्ने गर्छ,’ उहाले भन्नभयो । मौसमविद्हरूले यो सालको मनसुनमा औसतभन्दा बढी पानी पर्ने बताइरहँदा विपद्सम्बन्धी निकायका प्रमुखले यसपालि तीन खतरा आउनसक्ने भन्दै सजग गराएका छन् । विविसी….