कर्णाली प्रदेशको निति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

सुर्खेत, २६ जेठ । (जागरण)
कर्णाली प्रदेशको निति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ । कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०७५÷७६ का लागि आज दिउँस १ बजे बस्ने प्रदेश सभाको बैठकमा निति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको हो । प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्रदेश सभाको बैठकमा प्रदेश सरकारको निति तथा कार्यक्रम पेश गर्ने कार्यसुचि रहेको प्रदेश सचिवालयका निमित्त सचिव लक्ष्मण शर्माले जानकारी दिनुभयो ।


गएको बिहिबार मन्त्रीपरिषद बैठकले स्वीकृत गरेको निति तथा कार्यक्रम शुक्रबार पेश गर्ने भनिए पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले सरकारले गरेको कामप्रति असन्तुष्टी जनाउँदै संसद अवरुध गरेपछि हिजोको बैठकमा पेश भएको थिएन् ।