हेल्भेटासद्धारा कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण


सुर्खेत, २७ जेठ ।
कोभिड–१९ प्रतिकार्यका लागि कर्णाली प्रदेश अस्पताललाई हेल्भेटास नेपालले ११ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
हेल्भटास नेपालका कर्णाली प्रदेश प्रमुख मदनराज भट्टले प्रदेश अस्पतालका निर्देशक डम्बर खड्कालाई आज उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । २२५ थान पिपिइ सेट, ७ हजार जोडी ग्लोभ्स, ७ हजार मास्क ५० वटा अक्सिमिटर, ५ सय सmेसशिल्ड र ५० जार सेनिटाइजर लगायतका सामग्रीहरु रहेका हस्तान्तरण गरिएको हेल्भटासले जनाएको छ। अहिले महामारीका रुपमा फैलिएको कोभिड प्रतिकार्यमा अस्पताललाई सहयोग पु¥याउने उद्देश्यले अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हेल्भटासका कर्णाली प्रमुख भट्टले बताउनुभयो ।