कर्णाली सरकारद्वारा आगामी आर्थिक वर्षको आर्थिक विनियोजन विधयेक संसदमा पेश

सुर्खेत, २८ जेठ (जागरण) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रमका लागि आर्थिक विनियोजन विधयेक संसदमा पेश गरेको छ ।
आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले संसदमा पेश गर्नुभएको हो ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले आर्थिक विनियोजन विद्येयक संसदमा पेश गर्दै कोरोना रोगको नियन्त्रणका लागि संघीय सरकारसँग समन्वय गर्दै खोपको व्यवस्था कर्णालीका सबै नागरिकलाई गरिने बताउनुभयो ।
जल, जंगल र जटिबुटीको प्रयोगद्वारा कर्णालीमा जडिबुटीको उत्पादन तथा प्रधोधन गर्न बिषेश कार्यक्रम संचालन गरिने मन्त्री शर्माले बताउनसुभयो ।
आगामी आर्थिक वर्षमा रोजगारमूलक परियोजना बिषेश जोड दिने कार्यक्रम ल्याइने शर्माले बताउनुभएको छ ।
आगामी आर्थिक वर्षको विनियोजन बिद्येयक अधिकांश पुराना कार्यक्रम नै समेटिएका छन् । सरकारले कृषि, उद्योग, ऊर्जा, जलस्रोत र पर्यटनबाट विकास गर्ने कार्यक्रम प्राथमिकतामा राखेको छ ।
तीन दिनदेखि अवरुद्ध कर्णाली प्रदेशसभाको बैठक सुचारु
यसैबिच, तीन दिनदेखि अवरुद्ध कर्णाली प्रदेशसभाको बैठक सर्वदलीय सहमतिसँगै सुचारु भएको छ ।
प्रदेशसभाको आठौं अधिवेशनको पहिलो वैठकमा प्रदेश सरकारका भौतिक पूर्वाधार एवम् शहरी विकास मन्त्री अम्मरबहादुर थापाको बर्खास्तीको माग राखी प्रमुख प्रतिपक्षी नेकपा एमालेले बैठक अवरुद्ध गरेको थियो ।
सभामुख राजबहादुर शाहीको अध्यक्षतामा आज बसेको सर्वदलीय बैठकले दुई बुँदे सहमति समेत भएको थियो ।
यस्तै, आठौ अधिवेशनको तेश्रो बैठकमा बोल्दै सांसदहरुले स्वास्थ्य सामग्री खरिदमा अनियमितता हुँदा पनि सरकार मौन भएर बसकेको बताएका छन ।
उनिहरुले ५ लाख पर्ने सामाग्रीलाई ४० लाख सम्म हालेको देखाउँदा सरकारले मौनता प्रदशन गरेको बताएका हुन ।
एमाले संसदीय दलका नेता तथा सांसद यामलाल कडेलले स्वास्थ्य सामग्री खरिदमा व्यापक अनियमितता भएको बताउनुभयो । उहाले राम्रो कामका लागि सरकारलाई सहयोग गर्न एमाले तयार रहेको बताउनुभयो ।
सांसद नरेश भण्डारीले विकासमा सत्ता पक्ष र प्रतिपक्ष नहुने भन्दै मिलेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । यस्तै सांसद सोसिला शाही पनि विकासमा एक भएर अगाडी बढ्नुपर्ने बताउनुभयो ।