सुर्खेत, २८ जेठ (जागरण) । पछिल्ला केही दिनयता कोरोना संक्रमित हुनेभन्दा संक्रमण मुक्त हुनेको संख्यामा वृद्धि भएको छ ।
थप ५ हजार २ सय ९३ जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन् । विभिन्न अस्पताल तथा होम आइसोलेसनमा रहेका ५ हजार २ सय ९३ संक्रमित कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैबिच, ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १५ हजार २ सय ३८ नमूना परीक्षण गर्दा ३ हजार ७ सय ४९ जनामा संक्रमण पुष्टि भएको हो ।
९ हजार ९ सय १ नमूनाको पीसीआर र ५ हजार ३ सय ३७ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराएको थियो ।
यस्तै पछिल्लो कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि घटेको मन्त्रालयले जनाएको छ ।
कर्णालीमा पनि बढे कोरोना मुक्त हुनेको संख्या
यता, कर्णाली प्रदेशमा थप चार सय ५६ जना कोरोना संक्रमणमुक्त भएका छन ।
स्वास्थ्य सेवा निर्देशनालयको तथ्याङ्कअनुसार थप ४ सय ५६ जना कोरोनामुक्त भएका हुन ।
योसँगे कोरोना जित्नेको संख्या २१ हजार २ सय ६ जना पुगेको छ । अहिले ३ हजार ६ सय ४७ जना कोरोना संक्रिय संक्रमित रहेका छन ।
यसैबिच, थप ३ सय १३ जनामा भने कोरोना संक्रमण पुष्टी भएको छ । भने थप ६ जनाको मृत्यु भएको छ ।