हस्ताक्षर नभएको विधेयक सदनमा पेशः एमालेद्वारा कर्णाली प्रदेश सभा अवरुद्ध

सुर्खेत, २८ जेठ (जागरण) । कर्णाली प्रदेश सभाको आठौं अधिबेशनको पाँचौ बैठक पुन अवरूद्ध भएको छ ।
आर्थिक वर्ष २०७८/०७९ नीति तथा कार्यक्रमको आर्थिक विनियोजन विधेयकमा आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माको हस्ताक्षर नभएको दस्तावेज माथि छलफल गर्न नसकिने भन्दै नेकपा एमालेले कर्णाली प्रदेशसभाको बैठक अबरुद्ध गरेका छ ।
एमाले संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहले आर्थिक विनियोजन विधेयकमा हस्ताक्षर हुनुपर्ने माग गर्नुभएको थियो ।
प्रदेशसभाका सभामुख राजबहादुर शाहीले मुल दस्तावेजमा मन्त्रीको हस्ताक्षर भएका कारणले छलफलमा सहभागी बन्न आग्रह गर्नुभएको थियो ।
त्यसलगत्तै दलका नेता यामलाल कँडेलले आफुहरुलाई प्राप्त दस्तावेजमा मन्त्रीहरुको हस्ताक्षर नभएको दाबी गर्दै सच्याउन माग गर्नुभएको थियो ।
बैठक आधा घण्टाका लागि सभामुख शाहीले बैठक स्थगित गर्नुभएको छ ।