कर्णालीमा जडिबुटी प्रशोधन उद्योग स्थापना गरिने

सुर्खेत, २९ जेठ (जागरण) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्षमा प्रदेशमा जडिबुटी प्रशोधन उद्योग स्थापना गर्ने भएको छ ।
आर्थिक बर्ष २०७८÷०७९ को नीति कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले यस्तो बताउनुभएको हो ।
जसको लागि आगामी आर्थिक बर्षको शुरुवातबाटै काम शुरु गरिने उहाले बताउनुभयो ।