कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित हुनेमा अन्यौल


सुर्खेत, ३१ जेठ (जागरण) ।
कर्णाली प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको आगामी आर्थिक बर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम पारित हुनेमा अन्यौलता छाएको छ ।
सभामा बजेट प्रस्तुत हुनुपूर्व नीति तथा कार्यक्रम पारित भैसक्नुपर्ने भएपनि सोमबारसम्म प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएको छैन् । २९ गते प्रदेशसभामा पेश गरिएको नीति तथा कार्यक्रममाथि आइतबार र सोमबारको बैठकमा सांसदहरुले आफ्नो धारण राखेका छन् । सोमबारको बैठकमा भाेली असार १ बजेसम्मका लागि लागि स्थगित भएको छ । असार एक गते अगावै नीति तथा कार्यक्रम पारित गर्ने प्रचलन भए पनि सरकार र दलहरु सदन स्थगित गर्ने सहमतिमा पुगेका हुन् । सभामुख राज बहादुर शाहिको अध्यक्षतामा प्रमुख सचेतकको बैठकले सदन असार एक गते दिउँसो एक बजे सम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । यो संगै बजेटबारेमा अन्योलता बढेको छ । संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले असार १ गते प्रदेशसभामा बजेट प्रस्तुत गर्नुपर्नेहुन्छ ।
यस्तै नेकपा एमालेबाट फ्लोर क्रस गरेर माओवादीका मुख्यमन्त्रीलाई विश्वासको मत दिएका चार जना सांसदहरुको सर्वाेच्वको फैसलाबाट पुर्नवहाली भएसंगै कर्णाली प्रदेश सरकारको नीति कार्यक्रम तथा बजेट पारित हुनेमा अन्यौलता छाएको छ । एमालेका चार जना सांसदहरु पुर्नवहाली भएसंगै प्रदेशसभामा नेकपा एमालेको बहुमत पुगेको छ । प्रदेशसभामा कायम रहेको ३९ सदस्य मध्य सभामुखसहित एमालेका २० राप्रपाका १ र सत्तापक्ष माओवादीका १२ र नेपाली काँग्रेसका छ जना सांसद रहेका छन् । तर फ्लोरक्रस गरेका ३ जना एमालेका सांसद सरकारका मन्त्री छन् । सोमबारको बैठकमा सभामुख राजबहादुर शाहीले एमालेका सांसदहरुको पुर्नवहाली भएको एमाले संसदीय दलको पत्र पढेर प्रदेशसभामा सुनाएका थिए । एमालेले उनीहरुलाई प्रतिपक्षको रोहमा वस्न भनेको छ । सोमबारको बैठकमा भने चारै जना अनुपस्थित रहेका थिए ।