आर्थिक वर्षमा स्वरोजगारमुखी कार्यक्रम स्थानीय सरकारको प्रथामिकतामा

नन्द कठायत ।
सुर्खेत, १ असार (जागरण) । कर्णालीका प्रदेशका स्थानीय तहहरुले आगामी आर्थिक वर्षमा स्वास्थ्यसँगै स्वरोजगारमुखी कार्यक्रम ल्याउने तयारी गरेका छन ।
आफ्नो नीति कार्यक्रम र बजेट ल्याउने तयारीमा रहेका उनिहरुले स्वास्थ्यसँगै स्वरोजगारमुखी कार्यक्रमलाई प्रथामिकता दिनेगरी कार्यक्रम ल्याउने तयारी गरेका हुन ।
कर्णाली रैबारसँग कुराकानी गर्दै स्थानीय तहका जनप्रतिनिधिहरुले स्वास्थ्य, शिक्षा र रोजगारीका कार्यक्रमलाई प्राथमिता दिने गरी कार्यक्रम बनाउन छलफल भइरहेको बताएका छन ।
जुम्लाको तातोपानी गाउँपालिकाले रोजगारीका लागि भारत गएका नागरिक अहिले घर फर्किएकाले उनीहरुलाई स्वरोजगार बनाउन सिप मूलक तालिमसँगै आयआर्जनका काममा जोड्नेगरी कार्यक्रम बनाउने तयारी भएको बताएको छ ।
गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले रैथाने बालिमा उत्पादन बढाउनेगरी युवाहरुलाई प्रोत्साहित गर्ने योजना रहेको सुनाउनुभयो । …आवाज..
यस्तै जाजरकोटको भेरी नगरपालिकाले पनि आगामी आर्थिक वर्षका लागि स्वास्थ्य शिक्षाको प्राथामिकतासँगै कृषिमा आम युवाहरुलाई व्यवसाकिय बनाउने कार्यक्रम ल्याउने तयारी गरेको छ ।
कृषिमा आत्मनिर्भर हुने बजेट निर्माणको तयारीमा आफुहरु रहेको भन्दै नगरपालिका प्रमुख चन्द्र प्रकाश घर्तीले कोरोनाका कारण बेरोजगार बनेका व्यक्तीहरुलाई आगामी आर्थिक बर्षको बजेटले सम्बोधन गर्ने बताउनुभयो ।
यस्तै, रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले पनि कृषि, पशुपालनका क्षेत्रमा रोजगारी सृजना गर्नेगरी कार्यक्रम ल्याउनेबारे छलफल भइरहेको नगरप्रमुख विशाल शर्माले बताउनुभयो ।
कालिकोटको महावै गाउँपालिका अध्यक्ष नन्द बहादुर सिंहले कोरोना महामारीका कारण चालु आर्थिक वर्षमा अपेक्षाअनुसार काम गर्न नसकिएको बताउनुभयो ।उहाले आगामी आर्थिक वर्षको बजेटमा युवाहरुलाई उत्पादन क्षेत्र लक्षित गरिने बताउनुभयो ।
स्थानीय तहहरुले अबको १० दिनभित्र आफ्नो नीति कार्यक्रम र बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।