कर्णालीमा एमालेले नीति तथा कार्यक्रमकाे विपक्षमा मतदान गर्ने, सांसदहरुलाई ह्वीप

सुर्खेत, १ असार (जागरण) ।
नेकपा एमालेले कर्णाली प्रदेस सरकारले प्रदेशसभामा पेश गरेकाे नीति तथा कार्यक्रमकाे विपक्षमा निर्णय गरेकाे छ ।

भर्खरै सम्पन्न एमाले कर्णाली प्रदेश संसदीयल दलकाे बैठकले नीति तथा कार्यक्रमकाे विपक्षमा मतदान गर्ने निर्णय गरेकाे हाे । एमालेले विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप लगाउने निर्णय गरेकाे सचेतक गुलाब जंग शाहले जानकारी दिनुभयाे । बैठकमा सर्वाेच्वकाे आदेशपछि पुर्नवहाली हुनुभएका सांसद प्रकाश ज्वाला पनि सहभागी हुनुहुन्थ्याे । अब केही बेरमा नीति तथा कार्यक्रम पारित गर्नका लागि प्रदेशसभाकाे बैठक सुरु हुँदैछ । एक बजेका लागि बैठक बाेलाइएकाे भएपनि ढिलागरी बैठक सुरु हुन लागेकाे हाे । सरकारले आजै प्रदेशसभामा आगामी आबकाे बजेट समेत पेश गर्नुपर्ने हुन्छ ।

याे पनि पढ्नुहाेस 

कर्णालीकाे राजनीतिमा नयाँ तरंग, एमाले संसदीय दलकाे बैठक जारी, ज्वाला पनि सहभागी