मेहेलकुना अस्पताललाई पाँच लाखभन्दा धेरैको स्वास्थ्य सामग्री हस्तान्तरण

सुर्खेत, १ असार (जागरण) । कोभिड १९ नियन्त्रणमा सघाउन पुर्याउन सुर्खेतको मेहेलकुना अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
समाज जागरण केन्द्र (स्याक ) नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालन भएको नेपाली युवाका लागि स्वस्थ रुपान्तरण परियोजना अन्तरगत मेहलकुना अस्पताललाई आइतबार ५ लाखभन्दा धेरैको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
अस्पताललाई अक्सिजन कन्सनटेटर, डेथबडी ब्याग, स्प्रे पम्प र कन्टेनर सहितका पाँच लाख पाँच हजार एक सय ११ रुपैयाँ बराबरको कोभिड १९ रेस्पोन्स सामग्री हस्तान्तरण गरिएको जनाइएको छ ।
सामग्री स्याक नेपालका मिल अफिसर खगेन्द्र भण्डारीले गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्त पुनलाई हस्तान्तरण गर्नुभएको हो ।
समारोहमा बोल्दै गुर्भाकोट नगरपालिकका नगर प्रमुख पुनले विश्व माहामारीको रुपमा फैलिएको कोभि १९ का विरुद्ध काम गर्न सहयोग पुर्याउन स्याक र सेभ द चिल्ड्रेन पुर्याउको सहयोग प्रति आभार प्रकट गर्नुभयो ।