कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

सुर्खेत, १ असार (जागरण) । कर्णाली सरकारको ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि कर्णाली सरकारको ल्याएको नीति तथा कार्यक्रम संसदमा बहुमतले पारित भएको हो ।
ध्वनी मतका आधारमा सभामुख राजबहादुर शाहीले निर्णयार्थ पेश गरेका थियो । नीति तथा कार्यक्रमको पक्षमा नेकपा माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६ र राप्रपाका एक जना गरी १९ जनाले मतदान गरेका थिए । एमालेले भने विपक्षमा मतदान गरेको छ । एमालेका १६ सांसद सहभागी थिए ।
पास हुनुअघि नीति तथा कार्यक्रम माथि उठेका प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्रीले सबैको हित हुने कार्यक्रम अघि सारेको बैठकमा जवाफ दिनुभएको थियो ।
सदनमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नीति तथा कार्यक्रममाथि आएका प्रश्नको जबाफ दिदै पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा बहुमत सदस्यले समर्थन जनाएपछि सभामुख राजबहादुर शाहीले नीति तथा कार्यक्रम पारित भएको घोषणा गर्नुभएको हो ।
अब बस्ने अर्को बैठक मार्फत कर्णाली सरकारले आगामी आर्थिक वर्षको लागि बजेट ल्याउने तयारी गरेको छ ।