शंकर केसी ।
सल्यान, ३ असार (जागरण) । सडक माथिबाट ठूलो पहिरो आएपछि दाङ – सल्यान सडकखण्ड अन्तरगतको राप्ती राजमार्ग अवरुद्ध भएको हो ।
कपुरकोट गाउँपालिका– ३ बसेरामा सडकमाथिबाट आएको पहिरोले सडक पुरिदा सडक पूर्ण रुपमा अवरुद्ध भएको इलाका प्रहरी कार्यालय लुहामका प्रमुख प्रहरी निरीक्षक श्याम प्रकाश यादबले बताउनुभयो ।
सडक खुलाउनको लागि स्काभेटर तयारी अबस्थामा भएपनी पानी पर्न नरोकिएको र बाक्लो रुपमा हुस्सु लागेकोहुदा समस्या परेको कपुरकोट प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध हुँदा दाङ्ग, सल्यान, रोल्पा, रुकुम पुर्व, रुकुम पश्चिम लगाएतका जिल्लाको आवागन बन्द भएको छ । सडकको वारिपारी अत्यावश्यक सङै अन्य सवारी साधनहरु रोकिएका छ्न ।
यस्तै, लगातारको बर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी, पहिरो तथा डुवान हुँदा सयौँ घरपरिवार विस्तावित भएका छन भने केही व्यक्ती बेपत्ता भएका छन ।
तीनदेखिको अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका तराई जिल्लामा कयौं बस्ती डुबानमा परेका छन् भने पहाडी जिल्लामा पहिरोको जोखिम बढेको छ ।