एक हप्तामा बाढी, पहिरोका कारण कर्णाली प्रदेशमा २ जनाको मृत्यु

सुर्खेत, ६ असार (जागरण) । पछिल्लो एक हप्तामा अविरल वर्षाका कारण आएको बाढी, पहिरोका कारण कर्णाली प्रदेशमा २ जनाको मृत्यु भएको छ ।
लगातारको बर्षापछि आएको बाढी पहिरोमा परि कालिकोट एकजना र जुम्लाका १ जनाको मृत्यु भएको हो ।
यस्तै, प्रदेशमा पछिल्लो हप्ता बाढी पहिरोमा परि ३ जना घाइते भएका छन । घाइते हुनेमा जुम्लाका २ जना र सल्यानका एकजना रहेका छन । भने बाढी तथा पहिरोमा परेका सल्यानमा ८ जनाको उद्दार गरिएको छ ।
यसैबिच, देशभर लगातारको बर्षाका कारण एक हप्तामा १७ जनाको मृत्यु भएको छ ।