सुर्खेत, ६ असार (जागरण) ।
फिरन्ते जिवन विताइरहेका राउटे समुदायलाई सिम्ता गाउँपालिकाकाे सहयाेगमा कपडा हस्तान्तरण गरिएकाे छ ।
हाल गुर्भाकाेट नगरपालिकामा अस्थायी रुपमा बस्दै आएका राउटेहरुलाई सिम्ता गाउँपालिकाकाे सहयाेग एवं गैरसरकारी संस्था महासंघ सुर्खेत र काेराेना प्रतिकार्य समूह कर्णाली प्रदेश समितिकाे समन्वयमा आज आइतबार लगाउने कपडा हस्तान्तरण गरिएकाे हाे । राउटे समुदायका सबैजनालाई एक एक थान पुग्नेगरी लगाउन कपडा हस्तान्तरण गरिएकाे गैसस महासंघ सुर्खेतका अध्यक्ष एवं काेराेना प्रतिकार्य समूहका संयाेजक घनश्याम केसीले जानकारी दिनुभयाे ।
फिरन्ते जिवन विताइरहेका राउटेहरुलाई लगातारकाे झरीले समस्या परेकाे खबर पाएपछि कपडा सहयाेग गरिएकाे गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीले बताउनुभयाे ।
उक्त्र अवसरमा राउटे अभियान्ता सत्वदेवि खड्का पनि सहभागी हुनुहुन्थ्याे ।