सुर्खेत, ८ असार (जागरण) । कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे समुदायका लागि एकीकृत नीति ल्याउने तयारी गरेको छ ।
जंगलमा फिरन्ते जीवन बिताउने यो समुदायको संस्कृति र परम्परालाई जगेर्ना र सामाजिकीकरणका लागि सामाजिक विकास मन्त्रालयले नीति बनाउने तयारी गरेको हो ।
सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षत्रीले लोपोन्मुख राउटे समुदायको संरक्षण राज्यको दायित्व भएको बताउनुभयो ।
उहाले राउटे समुदायको संस्कार र संस्कृतिमाथि बाह्य समुदायको हस्तक्षेप बढेको बताउनुभयो ।
बस्ती प्रवेशमा निषेध, राहतको एकद्वार प्रणाली, सुरक्षा प्रबन्ध, छाना, नाना र खानाको व्यवस्थापनलगायत विषय नीतिभित्र समेटिने उहाको भनाई छ ।
पछिल्लो समय राउटे समुदायका दुई युवतीमाथि बाह्य समुदायका व्यक्तिहरूले गरेको दुव्र्यवहारको घटनाले बस्तीको सुरक्षा र बाह्य व्यक्तिको प्रवेश निषेध आवश्यक रहेको महसुस भएको उहाले बताउनुभएको छ ।
मन्त्री बुढाक्षत्रीले राउटे समुदायको संख्या घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।