मोटरसाइकल दुर्घटनामा मृत्यु भएका सुर्खेतका पत्रकार पोखरेलका आफन्त आन्दोलित

सुर्खेत, ८ असार (जागरण) । दोषीलाई कारवाही र उचित क्षती पुर्तीको माग गर्दै मोटरसाइकल दुर्घटनामा मृत्यु भएका सुर्खेतका पत्रकार खिमप्रसाद पोखरेलका आफन्त आन्दोलित बनेका छन ।
दोषिलाई कारबाही र क्षतिपुर्तीे दिनुपर्ने भन्दै उनिहरुले आज जिल्ला प्रहरी कार्यालय सुर्खेत र पिपिराचोकमा आन्दोलन गरेका हुन ।
सुर्खेत–दैलेख सडकको कपासे–छेडा खण्डको वासपानी मोडमा मोटरसाईकल र ट्रक ठोक्किँदा वीरेन्द्रनगर–११ गाग्रेताल निवासी ३५ वर्षीय पत्रकार पोखरेल गम्भीर घाइते हुनुभएको थियो । उहाको देउती अस्पतालमा उपचारको क्रममा हिजो मृत्यु भएको थियो ।
दुर्घटनाको कारण नखुले पनि गुराँस गाउँपालिका–१ का २८ वर्षीय ट्रक चालक वीरेन्द्र रावललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकार (डिएसपी) रामप्रसाद घर्तीले दोषिलाई हिरासतमा राखेर अनुसन्धान थालिएको कर्णाली रैबारलाई जानकारी दिनुभयो ।