हुम्ला, ८ असार (जागरण) । अविरल वर्षासँगै हुम्ला सदरमुकाम सिमकोटलगायत विभिन्न ठाउँमा पहिरोले २४ घरमा क्षति पु¥याएको छ ।
सिमकोट गाउँपालिका–३ मा पहिरोले आफ्नो घर पूर्णरुपमा क्षति भएको स्थानीय याङ्सो लामाले बताउनुभयो ।
घर भत्केपछि छिमेकीको घरमा बस्दै आएको उहाले जानकारी दिनुभयो । सिमकोट, खार्पुनाथ, सर्केगार्ड र ताँजाकोट गाउँपालिकाका २४ घरमा पूर्ण देखि आंशिक क्षति पुगेको प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माले जानकारी दिनुभयो ।
घर भत्किएपछि उक्त घरपरिवार छिमेकी र त्रिपालमा विस्थापित भएको प्रहरीले जनाएको छ । यही असार ३ देखि ५ गतेसम्म लगातार परेको वर्षाको कारण क्षति पुगेको हो ।