कर्णालीका ४ सांसदलाई जवाफसहित उपस्थित हुन सर्वाेच्वकाे आदेश

काठमाडौं, असार ८ ( जागरण ) । सर्वोच्च अदालते नेकपा एमालेको ह्वीप उल्ल्घंन गरेका कर्णाली प्रदेशका ४ जना सांसदलाई जवाफसहित उपस्थित हुन आदेश गरेको छ ।

फ्लाेरक्रसगरि माओवादी केन्द्रका मुख्यमन्त्रीलाई मतदान गरेपछि एमालेले कारबाी गरेका चार सांसदहरुले पुर्नस्थापनाकाे माग गर्दै सर्वाेच्वमा दर्ता गराएकाे रिट बमाेजिम पुर्नस्थापना गर्न अन्तरिम आदेश दिएकाेमा थियाे ।  पदमुक्त गरिएका सांसदलाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्धको पुनरावलोकन (भ्याकेट) माथिको सुनुवाइपछि आज सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको हो ।

न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुँयालको संयुक्त इजलासले यस्तो आदेश गरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली र कर्णाली प्रदेशसभा सचिवालयले सर्वोच्चमा छुट्टाछुट्टै भ्याकेट निवेदन दिएका थिए । अन्तरिम आदेश खारेज गर्ने वा नगर्ने विषयमा छलफल गर्न सर्वोच्चले विपक्षी झिकाएर छलफल गर्न आदेश गरेको हो । यससंगै फ्लाेरक्रस गरेका प्रकाश ज्वाला, अम्मर बहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा अदालतमा उपस्थित हुनुपर्ने भएकाे छ ।