कर्णाली प्रदेशसभा बैठक पर्सी बस्ने

सुर्खेत, ९ असार (जागरण) । कर्णाली प्रदेशसभाको जारी आठौँ अधिवेशन अन्तर्गतको ११ औँ बैठक लगातार तेस्रो पटक पनि स्थगित भएको छ ।
यसअघि शुक्रबार र आइतबार बोलाइएको बैठक बस्दै नवसी स्थगित भएकोमा आज मंगलबारका लागि आह्वान गरिएको बैठक पनि सुरु नै नभएर स्थगित गरिएको हो ।
असार १ गते प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्रीले बजेट प्रस्तुत गरेयता कर्णाली प्रदेशसभाको बैठक बस्न सकेको छैन ।
मंगलबार दिउँसो २ बजेका लागि आह्वान गरिएको बैठक नवसेरै सूचना टाँसेर स्थगित ११ गतेसम्मका लागि स्थगित गरिएको छ । अर्को बैठक असार ११ गते दिउँसो २ बजे बोलाइएको सभामुख राजबहादुर शाहीले बताउनुभयो । बैठक नवस्दा आगामी आर्थिक बर्षको बजेट माथि छलफल सुरु हुन सकेको छैन ।
फ्लोरक्रसगरी नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीलाई समर्थन गरेपछि एमालले कारबाही गरेका चार सांसदको सर्वाेच्वले पुर्नवहाली गरिएपछि प्रदेशसभा बैठक सामान्य तरिकाले चल्न सकेको छैन ।
फ्लोर क्रस गरेका तीन जना अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही माओवादी केन्द्र नेतृत्वको सरकामा मन्त्री छन् भने नेकपा एमाले संसदको प्रमुख प्रतिपक्ष दलका रुपमा रहेको छ ।
यसै विषयले संसद बैठक बस्न असज परिस्थिति सिर्जना भैरहेको देखिन्छ । सरकारमा सहभागी आफ्ना तीनै जना सांसदलाई एमालले संसदिय दलले मन्त्री बाट हट्नका लागि निर्देशन दिएको छ भने प्रदेशसभामा प्रतिपक्षको सिटमा बस्ने व्यवस्था मिलाउन माग गरेको छ । प्रदेशसभा सचिवालयले पनि एमालेका १९ संसदका लागि प्रतिपक्षमा सिट व्यवस्था गरिसकेको छ । फ्लोर क्रस गरेका मध्य प्रकाश ज्वाला भने असार १ गतेको बैठकमा सहभागी भएर प्रतिपक्षको सिटमा बसे भने संसदीय दलको बैठकमा पनि उपस्थित भएका छन् । तर अरु तीनजनाले भने मन्त्री पदबाट नहट्ने बताउँदै आएका छन् ।
एमालेले आफ्नो दल प्रमुख प्रतिपक्षमा भएकाले प्रदेशसभाभित्र बसाई सोही अनुसार मिलाएर अनुशासन कायम गर्नुपर्ने मागलाई जोडदारका साथ उठाउँदै आएको छ ।
तर उही परिस्थिति रही राखेकाले एमालेले संसद अबरुद्ध गर्ने पूर्वानुमानका साथ प्रदेशसभा बैठक स्थगित गर्दै लगिएको देखिन्छ ।