सुर्खेतका दुइवटा पालिकामा नौ लाखभन्दा धेरैको स्वास्थ्य सामग्री हस्तान्तरण

पंख बहादुर शाही ।
सुर्खेत, ९ असार (जागरण) । सुर्खेतका भेरिगंगा र गुर्भाकोट नगरपालिकालाई झण्डै नौ लाख भन्दा धेरैको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
कोभिड नियन्त्रण र रोकथामम सहयोग पुगोस भन्ने उद्देश्यले समाज जागरण केन्द्र स्याक नेपालल, सेभ द चिल्ड्रेनको सहजिकरणमा नेपाली युवाका लागि स्वस्थ रुपान्तरण परियोजना अन्तर्गत उक्त, सामाग्री हस्तान्तरण गरिएको हो ।
जसमा गुर्भाकोट नगरपालिकालाई ६ लाख भन्दा धेरै र भेरिगंगा नगरपालिकालाई ३ लाख बढिको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।
सामाज जागरण केन्द्र स्याक नेपालका अध्यक्ष मिना तीवारी शर्मा, कार्यकारी निर्देशक टिकाराम आचार्य लगाएत अन्य सदस्यले दुबै स्थानीय तहमै पुगेर सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
कोरोना महामारीको यो समयमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गरे रोकथाम तथाम प्रतिकार्यमा सहज होस भनेर स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको स्याक नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्यले जानकारी दिनुभयो ।
यो समयमा स्थानीय तहले मात्र नभई सबैको सहयोगले कोरोनालाई परास्त गर्न सकिने गुर्भाकोट नगरपालिकाका नगरपुन हस्त पुनले बताउनुभयो ।
साथै दुबै स्थानीयतहमा सञ्चालन गरिएको नेपाली यूवाका लागि स्वस्थ रुपान्तरण परियोजनाको समय अवधि सकिएको छ ।
सन् २०१८ मे देखि सन् २०२१ जुन सम्म भेरिगंगा र गुर्भाकोटमा परियोजनाले १५ देखि २४ वर्ष उमेर समुहका किशोरीहरु तथा विवाहित यूवतीहरुको परिवार नियोजन, प्रजनन्, मातृत्व तथा नवजात शिशुहरुको स्वास्थ्यमा सुधार ल्याउने उद्धेश्यले विभिन्न चेतनामुकल कार्यक्रमम सञ्चालन गरेको छ ।
विगत ३ बर्ष देखि सञ्चालित परियोजनाको दुबै स्थानीयतहमा समापन तथा उपलब्धी आदानप्रदान कार्यक्रम गरिएको छ ।
कार्यक्रममा परियोजना प्रमुख सुवास गिरीले तीन बर्षको अवधिमा गरेका गतिविधिबारे प्रकाश पानुभयो । गुर्भाकोटमा ९० वटा किशोरी तथा विवाहित यूवतीहरुको समुहहरु गठन गरी २ हजार जना लाभान्वित बनेका छन ।

यस्तै, स्वास्थ्य सेवा कार्यालय जाजरकोटलाई सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षण मञ्चले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
कोरोना भयावह बन्दै गएको छ । विभिन्न स्वास्थ्य स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य उपकरण, स्वास्थ्य सामग्री, अभाव हुँदै गएको छ ।
यसलाई मध्यनजर गरी मंगलबार अस्पताललाई ११ लाख भन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरेको कार्यकारी निर्देशक छवि पन्तले जानकारी दिनुभयो ।
उहाका अनुसार अस्पताललाई ९ वटा अक्सिजन सिलिन्डर, ५ वटा अक्सिजन कन्सन्ट्रेटर पीपीइ सेट १०० थान, साथमा मास्क, सेनिटाइजर लगायत ११ लाख ९ हजारको स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
यस्तो बेला अस्पताललाई स्वास्थ्य सामग्री सहयोग आउँदा महामारी रोक्नमा ठुलो सघाउ पुग्ने स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त कार्यालय प्रमुख टिकाराम जैसीले बताउनुभयो ।