सुर्खेत, १० असार (जागरण) । आज स्थानीय सरकारहरुले आर्थिक बर्ष २०७८÷७९ आफ्नो नीति कार्यक्रम र बजेट ल्याउन लगेका छन ।
देशभरका स्थानीय सरकारहरुले आज आगामी आर्थिक बर्ष २०७८÷०७९ नीति कार्यक्रम र बजेट ल्याउने भएका हुन । असार १० गतेभित्र नीति कार्यक्रम बजेट ल्याइसक्नुपर्ने व्यवस्था छ ।
कर्णालीका स्थानीय तहहरु पनि आज बजेट ल्याउने तयारीलाई तिव्र बनाएका छन । स्थानीय सरकारहरुले ल्याउन लागेको नीति कार्यक्रम र बजेट यो कार्यकालको पाँचौ अर्थात अन्तिम हो ।
अधिकांस स्थानीय तहहहरुले स्वास्थ्य क्षेत्रलाई प्रथामिकता दिएर बजेट ल्याउने बताएका छन ।