चौरजहारी नगरपालिकाको नीति तथा कार्यक्रमः जनप्रतिनिधिका छोराछोरी नीजी विद्यालयमा पढ्न नपाइने

ज्ञानु गौतम ।
रुकुम पश्चिम, १० असार (रेडियो चौरजहारी) । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम नगरसभामा पेश गरीएको छ ।
सभामा नगर प्रमुख विशाल शर्माले आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम १३ औं नगरसभाको वैठकमा पेश गर्नुभएको हो ।
नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणलाई प्राथमिकतामा राखेको छ ।
त्यसैगरी, सबै नगरवासीलाई कोरोना विरुद्धको खोप व्यवस्था गर्ने नीति कार्यक्रममा उल्लेख गरिएको छ । भने कोरोना संक्रमितलाई निःशुल्क एम्बुलेन्स सेवा दिईने छ ।
टिनका छाना तथा कच्ची भवनलाई विस्थापित गरी पक्की भौतिक संरचनायुक्त सामुदायिक विद्यालय निर्माण अभियानलाई नगरपालिकाले तिब्रता दिने भएको छ । कक्षा पाँचसम्मका विद्यार्थीहरुलाई निःशुल्क विद्यालय पोषाक र स्टेसनरी सामग्रीको व्यवस्था गरिने छ ।
नगरपालिकाले जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीका छोराछोरीहरुलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउन गरेको बाध्यकारी व्यवस्थालाई निरन्तरता दिएको छ ।
नगरपालिकाबाट थप एउटा विद्यालयलाई नमूना विद्यायलको रुपमा विकास गरी विद्यालयमा कमाउदै पढ्दै कार्यक्रमलाई लागू गरी श्रममा आधारित प्राविधिक शिक्षालाई प्रवद्र्धन गर्ने कार्यक्रमलाई पनि नीति कार्यक्रममा समेटिएको छ ।
नगर वस सेवालाई थप विस्तार गर्ने र त्यसका लागि थप दुई वटा सुविधा सम्पन्न बस नगरपालिकाले खरिद गर्ने लगायतका विषय समेटिएको छ । बजेट वक्तव्य भने आज पेश हुने छ