नन्द कठायत ।
सुर्खेत, १० असार (जागरण) । कर्णालीका प्रदेशका स्थानीय सरकारहरुले उद्योग क्षेत्रमा खास्सै चासो नदिइएको पाइएको छ ।
स्थानीय सरकारहरु गठन भएको ४ बर्ष वितिसक्दा पनि उद्योग क्षेत्रमा खास्सै चासो नदिएको पाइएको हो ।
उद्योग क्षेत्रमा पछाडी रहेको कर्णाली प्रदेशमा स्थानीय सरकारहरु कतै योजना नै नबनाउने योजना बनाएपनि कार्यान्वयन नहुने गरेको देखिन्छ ।
स्थानीय सरकारहरुले साना तथा मझौला उद्योगहरु स्थापना गरि स्थानीय उत्पादनलाई बढाउँदै रोजगारीका अवसरहरु सिर्जना गर्न सक्नुपर्ने जानकार व्यक्तीहरु बताउछन । तर उद्योग स्थापनाका लागि अहिले सम्म सरकारले लगानी गर्न सकिरहेका छैनन् ।
स्थानीय सरकारहरुले अब अन्तिम बजेट ल्याउने तयारी गरेका छन । चारवटा बजेट कार्यान्वयन गरेको उनिहरुको ध्यान बाटो खन्नेमा मात्र केन्द्रीत भएको सरोकारवालाहरुको भनाई छ ।
यता, स्थानीय सरकारका जनप्रतिनिधिहरुले भने बजेट अभावलाई कारण देखाउँदै उद्योग स्थापना गर्न नसकिएको प्रतिक्रिया दिएका छन ।
सल्यानकोे त्रिवेणी गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले उद्योगको सम्भावना कम भएकाले उद्योगको क्षेत्रमा लगानी गर्न नसकिएको कर्णाली रैबारलाई प्रतिक्रिया दिनुभयो ।
यस्तै, हुम्लाको सिमकोट गाउँपालिका अध्यक्ष पद्म बहादुर लामाले स्थानीय उत्पादनलाई जोड दिनुपर्ने भएपनि त्यसो गर्न नसकिएको स्वीकार गर्नुभयो ।
उहाले युवा जनशक्तिलाई उद्योग सञ्चालन गरी रोजगारी दिन सक्ने अवस्था भएपनि बजेट अभावका कारण उद्योग स्थापना गर्न नसकिएको बताउनुभयो ।
जुम्लाको सिंजा गाउँपालिकाले पनि अहिले सम्म उद्योग स्थापनाको लागि बजेट विनियोजन गर्न सकेको छैन । गाउँपालिका अध्यक्ष देवल सिंह रावलले फाट– फुटरुपमा राडीपाखि, सुइटरलगायतका सामग्री बनाउने गरिएपनि उद्योग नै नभएकाले पालिकाबाट बजेट दिन नसकिएको बताउनुभयो ।
यता दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाले भने उद्योगका क्षेत्रमा घोषण पत्रमा उल्लेख भए अनूसार नै कामहरु सञ्चालन गरेको दाबी गरेको छ ।
नगर प्रमुख सुर्य बहादुर शाहीले दुग्द प्रबर्धन, मसला उद्योग, कुखुराको दाना उद्योग र इट्टा उद्योगबाट अहिले उत्पादन भइरहेको बताउनुभयो । उहाँले आगामी आर्थिक बर्षमा पनि उद्योग क्षेत्रलाई प्रथामिकतामा राखेर बजेट विनियोजन गरिने जानरकारी दिनुभयो ।
कर्णालीमा उद्योगधन्दाको सम्भावना नगन्य मात्रामा हुँदा आन्तिरिक आम्दानी भने अनुसारको हुन सकेको छैन । कर्णालीमा हालसम्म एक प्रतिशत मात्रै उद्योगधन्दा रहेका छन् । भने ठुला उद्योगको संख्या शुन्य छ ।