‘मोवाइल शिविर’बाट विशेषज्ञ सेवा दिने तयारी

सुर्खेत, १२ असार (जागरण) । कर्णाली प्रदेश सरकारले पश्चिम सुर्खेतको सालकोट प्राथमिक स्वास्थ्य केन्द्रमार्फत विशेषज्ञ सेवा दिने उद्देश्यले ‘मोवाइल शिविर’ सञ्चालन गर्ने भएको छ ।
पश्चिम सुर्खेत स्वास्थ्य क्षेत्रमा पछाडी भएको भन्दै सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले असार १५ गतेबाट विशेषज्ञ सेवासहितको मोवाइल शिविर सञ्चालन गरिने बताउनुभएको हो ।
असार र साउनमा महिनामा दुई पटक कर्णाली प्रदेश अस्पतालका विशेषज्ञ चिकित्सकहरुले सेवा दिनेछन्, भने भदौबाट साप्ताहिक सेवा सुरु गरिने उहाले जानकारी दिनुभयो ।
सालकोट स्वास्थ्य चौकी चौकुने, बराहताल गाउँपालिकाका साथै पञ्चपुरी नगरपालिकाको केन्द्र हो । सालकोटमा विशेषज्ञ सेवा सुरु भएपछि छिमेकका अछाम र कैलालीका नागरिकहरुले पनि सहज स्वास्थ्य सेवा पाउने छन् ।
उहाले सालकोटबाटै पश्चिम क्षेत्रका नागरिकहरुले बालरोग, स्त्रीरोग, नाक, कान र घाँटी, फिजिसियन लगायतका सेवाहरु पाउने घोषणा गर्नुभयो ।
सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले पश्चिम सुर्खेतका नागरिकहरुमा स्वास्थ्य सेवाको पहुँच पु¥याउनका लागि सालकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताउनुभयो ।