सिम्ता र चौकुनेमा स्वास्थ्य र खाद्य सामग्री वितरण

सुर्खेत, १३ असार (जागरण) । सुर्खेतको चौकुने र सिम्ता गाउँपालिकामा स्वास्थ्य र खाद्य सामग्री हस्तान्तरण गरिएको छ ।
पालिकाहरुसँगको समन्वयमा केड संस्थाको आर्थिक सहयोग र सुशासन प्रवर्द्वनका लागि युवा संस्थाले चौकुने वडा नम्बर ६, ७ र ८ र सिम्ता गाउँपालिका वडा नम्बर ६ र ७ का स्वास्थ्य चौकी र इकाईहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । भने सोही वडाहरुका ४५ दिने सत्केरीहरुको र विपन्न बालबालिकालाई खाद्यन्न समेत दिइउको संस्थाका घनश्याम केसीले जानकारी दिनुभयो ।
उक्त सामग्री वितरणपछि वडाका जनप्रतिनिधिहरुले कोभिड १९ नियन्त्रणमा सघाउ पुग्ने भन्दै संस्थालाई धन्यवाद दिएका छन ।