“जनताको बहुदलिय जनवाद र जननेता मदन भण्डारी” बिषयक अन्तरक्रिया

सुर्खेत, १४ असार (जागरण) ।

नेपाल कम्युनिस्ट पार्टी एमालेका तात्कालिन महासचिव तथा जनताको बहुदलीय जनवादका प्रतिपादक मदनकुमार भण्डारीको ७० औं जन्मजयन्तिको अवसरमा ” जनताको बहुदलिय जनवाद र जननेता मदन भण्डारी ” बिषयक अन्तरक्रिया कार्यक्रम एमाले कर्णाली प्रदेश कमिटीका ईन्चार्ज यामलाल कँडेलको प्रमुख आतिथ्यतामा ” आज सुर्खेतमा सम्पन्न भएकोछ ।

जननेता मदन भण्डारीको बहुआयामिक व्यक्तित्व , श्रृजनशिल बिचार तथा राष्ट्रिय जिवनका बिबिध पक्षलाई मार्गदर्शन गर्न, उहाले अघि सारेका नवीन बिचार जनताको बहुदलीय जनवादको अनुसन्धान र विकास तथा कार्यान्वयन गर्दै समाज विकास र प्राप्त उपलब्धिलाई रक्षा गर्न सबैले योगदान गर्नु पर्ने कुरा कार्यक्रमलाई सम्बोधनका क्रममा प्रमुख अतिथि कँडेलले बताउनुभयो। त्यस्तै पार्टीमा देखापरेको संकटको समाधान र एकताबद्ध एमाले निर्माणको लागि सबैले योगदान गर्न सुदृढ संगठन र जनआधारित कार्यकर्ता निर्माण गर्नुपर्ने र यसका लागि सबै नेता कार्यकर्ता पद/ओहोदाका लागि दौडने होईन जनआधारित पार्टी निर्माणका लागि जनमैत्री जिवनब्यबहार गर्न पनि प्रमुख अतिथी कँडेलले आग्रह गर्नु भएकोछ। “हामी बिधीको आसन, संबिधानको सर्बोच्चता, आदालतको आदेश र संसदिय लोकतन्त्रको पक्षमा छौ ।”कर्णाली प्रदेश सभाको प्रसंग उल्लेख गर्दै एमाले संसदीय दलका नेता समेत रहेका कँडेलले भन्नुभयो “संसदिय लोकतन्त्रमा एउटै दल सोही समयमा सत्ता पक्ष र प्रतिपक्ष दुबै भुमिकामा रहदैनन तर हाम्रो प्रदेशमा त्यो भएकोछ। काङ्ग्रेस माओवादीको संयुक्त सरकारले संसदिय लोकतन्त्रको उपहास गरेकोछ तसर्थ प्रदेस सभा अवरुद्ध छ।” यो सरकारले गलत रबैया जारीराखिरहे खबरदारी जारी रहने भन्दै सशक्त प्रतिवाद नै हुने तर्फ समेत उहाँले ईंगित गर्नुभएकोछ । कार्यक्रममा नेकपा एमाले सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाही उपाध्यक्ष अमृत बिसी , मदन भण्डारी फाउन्डेसन कर्णाली प्रदेश सचिव कुलमणी देवकोटा , प्रदेश सभा सदस्य पदमा खड्का र दानसिह परियार सहित सुर्खेतका एमाले नेताहरु घनश्याम पाण्डे , गंगाराम तिमिल्सैना र ताराकेसर गौतमले समेत जनताको बहुदलीय जनवाद र मदन भण्डारीका योगदानको बारेमा चर्चा गरेका थिए भने कार्यक्रम मदन भण्डारी फाउन्डेसन सुर्खेतका अध्यक्ष टेकेन्द्रकुमार बस्नेत‍‍काे अध्यक्षतामा सम्पन्न भएको थियो ।