सांसद खत्रीद्वारा चिङ्गाडका ९२ दलित परिवारलाई मेशिन हस्तान्तरण

जागरण ।

सुर्खेतको चिंगाड गाउँपालिकाका दलित परिवारलाई जिविको पार्जनका लागि लुगा सिलाउने मेशिन र आरन मेशिन वितरण गरिएको छ ।
गाउँपालिकाका छ वटै वडाबाट छनौट भएका ९२ घर परिवारलाई लुगा सिलाउने मेशिन र आरन मेशिन वितरण गरिएको हो ।

सम्बन्धित निर्वाचन क्षेत्रका सांसदले दलित समुदायको जिविकोपार्जनका लागि योजना बनाई कार्यान्वयन गर्ने कर्णाली प्रदेश सरकारको कार्यक्रम अनुसार सुर्खेत निर्वाचन क्षेत्र नं. १ ख बाट निर्वाचित सांसद तथा पूर्व मन्त्री खड्क खत्रीको पहलहमा उक्त कार्यक्रम बनाइएको हो । आइतबार  एक कार्यक्रमकाबीच गाउँपालिकाकाे केन्द्र अवल्चिङ्गमा सांसद खत्रीले ५७ घर परिवारलाई कपडा सिलाउने मेशिन र ३५ परिवारलाई आरन मेशिन हस्तान्तरण गर्नुभएको हो ।  विपन्न परिवारको आय आर्जनमा टेवा पुर्याउनका लागि उनीहरुको पुर्खैयौली पेशासंग सम्बन्धि औजारहरु दिइएको सांसद खत्रीले बताउनुभयो । आयोजना समितिका अध्यक्ष अहिलेसम्म देविलाल परियारले सांसद खत्रीको पहलले चिंगाडका दलितहरुको जिवनमा परिवर्तन आउने भन्दै खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रममा पशुपंक्षी विकास निर्देशनालयका निमित्त प्रमुख मोहन गिरी नेकपा एमालेका जिल्ला कमिटि सदस्य टोपबहादुर अधिकारी लगायतको उपस्थिति रहेको थियो ।