शान्ति सेरोफेरोको अध्यक्षमा पंगाली

सुर्खेत, २४ फागुन (जागरण) । शान्ति सेरोफेरो वहुउद्देश्यीय सहकारी संस्था वीरेन्द्रनगर ५ चिसापानी सुर्खेतको अध्यक्षमा हरिभक्त पंगाली चयन हुनुभएको छ ।
आज सम्पन्न १२ औं वार्षिक साधारणसभाबाट पंगालीको अध्यक्षतमा ७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा प्रभात पोख्रेल, सचिव नवराज गौतम, कोषाध्यक्ष महेश्वरी शाही र सदस्यहरुमा पूर्णा खनाल, भक्तिराम आचार्य र गगनप्रसाद जैसी (ज्ञवाली) चयन भएका छन् ।
त्यसअघि चेतनकुमार थानीको अध्यक्षतमा भएको सभामा जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष अमृत विसी, कालिका सहकारीका चन्द्रलाल सापकोटा, गोपाल सापकोटा, कृष्णप्रसाद बास्कोटा, मानबहादुर थापाले बोलेका थिए ।