सुर्खेत, १८ असार (जागरण) । कर्णाली प्रदेशसभा बैठक सुक्रबार पनि कार्यसुचीमा प्रवेश नै गर्न नपाएर अवरुद्ध भएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुक्रबार पनि कार्यसुचीमा प्रवेश नै गर्न नदिएर अवरुद्ध गरेको हो ।
प्रदेश सभामुखले जेठ ३१ गते प्रदेशसभामा वाचन गरिएअनुसारको व्यवस्थापन नभएको भन्दै एमालेले आठौँ अधिवेशनको १४ औँ बैठक पनि अवरुद्ध गरको हो । करिब १५ मिनेट चलेको संसद कार्यसुची प्रवेशनै गर्न नदिएर एमाले सांसद देवी ओलीले सुरुमै सभामुखले वाचन गरेअनुसार व्यवस्था र एमालेले उठाएको राजनीतिक मुद्दाको किनारा नलागुञ्जेलसम्म संसदको कारबाही अघि बड्न नदिने बताउनुभयो ।
यस्तै एमालेका सांसद दानसिंह परियाले संसद अवरुद्ध एमालेका कारणले नभएर संसदीय व्यवस्था अनुसार नभएकाले बैठक अबरुद्ध गर्नुपरेको बताउनुभयो ।
उहाले बैठक अवरुद्ध गर्नुको कारण सरकारमा रहेका तीन जना मन्त्रीहरुले दलिय व्यवस्था अनुसार नचल्नु रहेको बताउनुभयो ।
अब अर्को बैठक असार २४ गते दिउँसो २ बजे बस्नेगरी सभामुख राज बहादुर शाहीले आजको बैठक स्थिगित गर्नुभयो ।