सुर्खेत, १८ असार, (जागरण) ।
सुर्खेतका सञ्चारकर्मीहरुले मानव अधिकार पवद्र्धनका लागि सञ्चारकर्मी र मानव अधिकारकर्मी संगसंगै अघि बढ्नुपर्ने सुझाव दिएका छन् ।
अनौपचारिक सेवा केन्द्र इन्सेक कर्णाली प्रदेश कार्यालयले आज सुर्खेतमा आयोजना गरेको मानव अधिकारको सवालमा सञ्चारकर्मीसंगको समन्वय बैठकमा सञ्चारकर्मीहरुले यस्तो सुझाव दिएका हुन् । सञ्चारकर्मीहरुले पनि मानव अधिकार पवद्र्धनका लागि नै आफ्नो कलम चलाउने भएकाले एउटै उद्देश्य पूरा गर्न संयुक्त रुपमा अघि बढ्नुपर्ने सञ्चारकर्मीहरुको सुझाव छ ।
यस्तै युटयुव लगायतका सामाजिक सञ्जालहरुले मानवअधिकार उलंघन तथा समाजमाविकृति फैलाएको भन्दै यसलाई नियमनगर्नुपर्नेमा पनि जोड दिएका छन् । सहभागीहरुले सामाजीक संजालले समाजमा ल्याएको विकृतिकै कारण आमसञ्चार माध्यमहरुको विश्वसनीयतामा चुनौति थपिएको, र नागरिकका भ्रम सिर्जना भएको भन्दै यसलाई नियमनगर्नेतर्फ राज्यले पहलकदमी नगरेको प्रतिदुखेसो पनिपोखेका थिए ।
नेपालपत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष देवीराम देवकोटाले समाजीक न्याय, मानवअधिकार संरक्षण र समाजलाई सकारात्मक बाटोमा दो¥याउने मिडियाको प्रमुख कर्तव्य भएकाले मिडिया सदैव मानव अधिकारमैत्री बन्नुपर्ने बताउनु भयो । इन्सेक कर्णालीप्रदेशका संयोजकनारायण सुवेदीले जनताको मानवअधिकार संरक्षण सम्बद्र्धन गर्न पत्रकार र मानवअधिकारकर्मीको सहकार्यको खाँचो रहेको बताउनु भयो । मानवअधिकार उलंघनमा परेका पीडितहरुको न्याय निरुपण नहुँदासम्म इन्सेकले नियमितअनुगमनगर्दै आएको संयोजक सुवेदीले उल्लेख गर्नु भयो ।
मानवअधिकार रक्षक संजाल सुर्खेतका अध्यक्ष एवम मध्यपश्चिम विश्वविद्यालयका पूर्व डिन पिताम्बर ढकालले मिडियाले सदैव मानवअधिकार संरक्षण सम्बद्र्धनमा टेवापुग्ने समाचार सामाग्री पस्कनु पर्नेमाजोड दिनु भयो । कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपप्रध्यापक युवराज शर्माले सामाजीक संजालले मानव अधिकार पवद्र्धनका लागि मिडियाले घोषित र अघोषित अभियान चलाउनुपर्ने बताउनुभयो ।
अधिवक्ता गणेश वलीले पछिल्लो साइबर अपराध बृद्धि भैरहेको भन्दै त्यस सम्बन्धी मुद्दा हेर्ने संयन्त्रको प्रदेश स्तरमा विस्तार गर्न आवश्यक रहेको औल्याउनु भयो ।