कर्णाली प्रदेश सरकारलाई डेढ करोड बराबरको स्वास्थ्य सामाग्री सहयोग


सुर्खेत, १८ असार (जागरण) ।
बेलायती नागरिक सेन हुटुङ्ग, अमरधन मेमोरियल फाउन्डेसन र धुलिखेल अस्पताल काठमाण्डौ विश्व विद्यालयको सहयोगमा कर्णाली प्रदेश सरकारलाई १ करोड ५० लाख बराबरको स्वास्थ्य सामाग्री स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
गैर आवासीय नेपाली संघ,सुशासन प्रवद्र्धनका लागि युवा संस्था सुर्खेत र युएनओपिएस—पिसियुको समन्वयमा सामाजीक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीलई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
कोभिड १९ न्युनिकरणका लागि अक्सिजन सिलिण्डर १ सय पच्चीस थान र अक्सिजन कन्सटे«टर ५० थानप्रदान गरिएको सुशासन प्रवद्र्धनका लागि युवा संस्थाका कार्यकारी निर्देशक एवम गैर सरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष घनश्याम केसीले जानकारी दिनुभयो ।
स्वास्थ्य सामाग्री ग्रहण गर्दै मन्त्री बुढा बुढा क्षेत्रीले माहामारीको समयमा गरिएको सहयोगले माहामारी नियन्त्रणमा सहयोग पुग्ने बताउँदै सहयोगी संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो।

गैर आवासीय नेपाली संघका कर्णालीप्रदेशका संयोजकबखत भण्डारीले भर्चुअलमार्फत आफुहरुको समन्वयतथा सहयोगमाप्रदानगरिएको स्वास्थ्य सामाग्री सही रुपमा सदुपयोग हुने अपेक्षा राखेको बताउनुभयाे ।
स्वास्थ्य सामाग्री हस्तान्तरण  कार्यक्रममा कर्णालीप्रदेश योजनाआयोगका सदस्य योगेन्द्र शाही, सामाजीकविकास मन्त्रालयका सचिव कृष्णप्रसादकाप्री, महाशाखाप्रमुख वृषबहादुर शाही, जन स्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतनिधी वाग्ले, धुलिखेल हस्पिटल—काठमाण्डौ युनिर्भसिटीका परियोजना संयोजक टेकबहादुर थापा, युएनओपिएस—पिसियुका कर्णालीप्रदेश संयोजक पदम बिक र संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।