सुर्खेत, २० असार (जागरण) । लागू औषध मुद्दामा फरार सूचिमा रहेका सुर्खेतका एक युवक पक्राउ परेका छन् । वीेन्द्रनगर नगरपालिका ४ भैरवस्थान बस्ने बर्ष २० का प्रनित गुरुङ पक्राउ परेका हुन् ।
उनी प्रतिवादी भएको लागू औषध (ब्राउन सुगर) मुद्धामा सुर्खेत जिल्ला अदालतको २०७७ पुष २० गतेको फैसला आदेशले ५ महिना १५ दिन कैद सजाय तोकेको थियो ।
उक्त तोकिएकोमा फैसला कार्यान्वयनको लागि विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई आज प्रकाउ गरेको हो ।
उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको र कोरोना पीसीआर परीक्षण गरेर सुर्खेत जिल्ला अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।
यस्तै, लागुऔषध सहित सुर्खेतबाट एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका– ११ गाग्रेतालका २८ वर्षीया नविन तिवारीलाई पक्राउ गरेको हो ।
शंकाष्पद अवस्थामा फेला पारी उनको शरीर तलासी गर्दा हातको मुठ्ठी भित्र लुकाई छिपाई राखेको ३ पुडिया लागू औषध (ब्राउन सुगर ) जस्तो देखिने धुलो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी राम प्रसाद घर्तीले जानकारी दिनुभयो ।
तिवारीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको उहाले जानकारी दिनुभयो ।