प्रदेश रंगशालालाइ गौरवको आयोजनाको रुपमा घोषणा गरिने

सुर्खेत, २१ असार (जागरण) । कर्णाली प्रदेश सरकारले प्रदेश राजधानी वीरेन्द्रनगरमा रहेको प्रदेश रंगशाला निर्माण आयोजनालाई प्रदेशको गौरवको आयोजनाको रुपमा घोषणा गर्ने भएको छ ।
आईतबार बसेको मन्त्रीपरिषदको निर्णय आज सार्बजनिक गर्दै प्रदेश रंगशाला निर्माण आयोजनालाई गौरबको आयोजना रुपमा घोषणा गर्ने भएको हो ।
मुख्यमन्त्री दलित आयआर्जन (रोजगारी) प्रवद्र्धन कार्यक्रम सञ्चालन कार्यविधि २०७८ स्वीकृत गर्ने निर्णय पनि भएको प्रदेश सरकारमा प्रवक्ता सीता कुमारी नेपालीले बताउनुभयो ।
उहाले दुर्गम क्षेत्रका कोभिड–१९ का गम्भीर बिरामीका लागि हवाई उद्दार सम्बन्धी कार्यविधि स्वीकृत गर्ने निर्णय समेत भएको जानकारी दिनुभयो ।