वीरेन्द्रनगरलाई साइकलमैत्री शहर बनाउने प्रदेश सरकारको योजना अलपत्र

पंख बहादुर शाही ।
सुर्खेत, २३ असार (जागरण) । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतलाई साइकलमैत्री शहर बनाउने प्रदेश सरकारको योजना अलपत्र परेको छ ।
प्रदेश सरकारले अघिल्लो आर्थिक बर्षदेखि नै सुर्खेतलाई साइकल मैत्री शहरका रुपमा विकास गर्ने नीति तथा कार्यक्रम ल्याएपनि त्यसको कार्यान्वयन हुन नसकेको हो ।
सरकारी कर्मचारीहरुलाई साइकल चढ्न प्रोत्साहान गर्ने भन्दै अघिल्लो आर्थिक बर्षमा पहिलो चरणमा मुख्यमन्त्री तथा मन्त्रीपरषिद्को कार्यालयबाट शुरु गरी अन्य मन्त्रालयमा पनि लागु गर्ने भनी अघिल्लो आर्थिक बर्षमा १० वटा साइकल पनि खरिद गरिएको थियो ।
०७६ साउन ९ गते मुख्य मन्त्री तथा मन्त्रीपरषिद्को कार्यालयका कर्मचारीका लागि तीन लाख रुपैयाँ खर्च गरेर खरिद गरिएका १० वटा साइकल समेत अहिले कहाँ छन पत्तो छैन् ।
त्यसबेला कार्यालयका कर्मचारी कार्यालय आउँदा र जाँदा साइकलमै चढ्ने भनिएको थियो ।
मुख्यमन्त्री कार्यालयका अनुसार आन्तरिक मामिला तथा कानुनमन्त्रालयमा पनि केही साइकल किनिएको थियो । तर, त्यी साईकलहरु अहिले प्रयोग भएको देखिदैन् ।
आर्थिक बर्ष २०७६÷०७७ को नीतितथाकार्यक्रममा राजधानी सहरको धुलो धुँवामुक्त गरी वातावरणमैत्री बनाउन र इन्धन खपत न्युनिकरणका लागि सुलभ र सहज विद्युतीय सार्वजनिक यातायात, सुब्बाकुनादेखि बाँङ्गेसिमलसम्म साईकलमार्ग र नगर क्षेत्रमा अपाङ्कमैत्री तथा साइकलमैत्री सडक बनाइउने उल्लेख गरिएको थियो ।
यस्तै कार्यालय आवत–जावत गर्नका लागि साईकलको प्रयोगलाई प्रात्साहनगरिने पनि उक्त नीति कार्यक्रममा भनिएको थियो ।
त्यसका लागि २ करोड बराबरको बजेट पनि छुुट्याइएको थियो । तर, यो कार्यक्रम सुरुवात नै नभएर सुस्ताएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता गोपाल शर्माले सुब्बाकुना देखि बाँङ्गेसिमलसम्म साईकलमार्ग बनाउने भनिएपनि सो सडक संघ अन्तर्गतको भएकाले कार्यान्वयन अघि बढ्न नसकेको कर्णाली रैबारलाई बताउनुभयो ।
प्रदेश राजधानीमा बढ्दो सवारी चापकम गराउन, धुलो र धुँवामुक्तशहर बनाउन टेवापुग्ने प्रदेश सरकारले दाबी गररिहँदायसलाई यसको कार्यान्वयनमा भने चासो दिएको छैन ।
यता, मुख्य मन्त्री तथा मन्त्रीपरषिद्को कार्यालयका प्रवक्ता केशव उपाध्यायले केही साइकल बग्रिएिका र कतिपय कर्मचारीले साइकल प्रयोग गरिरहेको कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
प्रदेश सरकारका कर्मचारी साइकलमा कार्यालय आउ जाउ गर्ने र यसले सर्वसाधारणलाई पनि साइकल चढ्न प्रेरणा होस् भनेर साइकलमैत्रीशहरको कल्पना गरएिको थियो । तर, चालु आर्थिक बर्ष र आगामीआवको नीति,कार्यक्रम र बजेटमा यो योजना प्राथमिकतामा परेको छैन् ।
नीति कार्यक्रममा निरन्तरता पाएपनि कार्यान्वयन हुनेमा भने ठोस योजना देखिएको छैन ।
आगामी आर्थिक बर्ष २०७८÷०७९ को बजेटमा साइकल भन्ने शब्द सम्म उल्लेख गरिएको छैन ।
नीति तथा कार्यक्रममा भने गत बर्षकै निरन्तरता दिँदै प्रदेश राजधानी र मुख्य सहरहरुमा साइकल लेन तथा पैदल यात्रुमैत्री सडक निर्माण कार्यक्रमलाई निरन्तारता दिइने उल्लेख गरिएको छ ।
प्रदेश सरकारका तत्कालिन प्रमुख सचिव केवल प्रसाद भण्डारीले साइकलमैत्री सहरको योजनालाई प्राथमिकताका साथ अगाडी बढाउनुभएको थियो ।
त्यसमा केही काठ्माण्डौमा बस्ने कर्णालीका युवाहरुको पनि भूमिका थियो । तर उनी सरुवा भएर गएदेखि भने साइकल मैत्री सहर बनाउने योजना पनि अलपत्र परेको युवाहरुको भनाइ छ ।
वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक बर्षको नीति कार्यक्रम तथा बजेटमा साइकल चलाउन प्रोत्साहन गर्ने वा त्यसका लागि भौतिक संरचना निर्माण गर्ने लगायतका कुनै पनि योजना ल्याएको छैन् ।