सुर्खेत, २३ असार (जागरण) । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बारम्बार बत्ती जाने समस्या हल गर्न सुर्खेत उद्योग वाणिज्य संघले ध्यानकर्षण गराएको छ ।
आज संघले नेपाल विधुत प्राधिकरण कर्णाली प्रादेशिक कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको हो ।
पटके लोडसेडिङ्गले व्यावसाय उद्योग कलकारखाना मारमा परेको भन्दै ध्यानाकर्षण पत्र बुझाइएको संघका अध्यक्ष धनवहादुर रावतले बताउनुभयो ।
बारबार बत्ती काटिदा व्यापार व्यवसायमा नोक्सानी बेहोर्नुपरेको भन्दै दुइदिन भित्र बत्ती जाने समस्या साधान गर्न अल्टिमेटम समेत दिइइको अध्यक्ष रावतले बताउनुभयो ।
उहाँले भन्नुभयो “अहिले हामीले प्रशारण सुधार गर्नकालागि २ दिनको समय दिएका छौं यो २ दिनमा सुधार भएन भने हामी आन्दोलन गर्नेछौं ।”
त्यस्तै संघका महासचिव लक्ष्मण कँडेलले नेपाल विधुत प्राधिकरणका डिएमडि हरराज न्यौपाने संग सुर्खेतमा विधुत प्रसारणका समस्याका बारेमा कुरा राख्नुभएको छ ।
डिएमडी न्यौपानेले सुर्खेतबाट पहिलो पटक यसरी कुरा आएको बताउँदै सुर्खेतको विद्युत प्रसारणमा रहेका समस्याहरुलाई आफ्नो तर्फबाट समाधानकालागि पूर्णरुपमा लागि पर्ने बताउनुभएको महासचिव कँडेलले जानकारी दिनुभयो ।