सुर्खेत, २८ जेठ (जागरण) । कर्णाली प्रदेश सरकारले आगामी वर्षका लागि ल्याएको निति तथा कार्यक्रमाथि आजदेखि छलफल सूरु भएको छ । आर्थिक वर्ष २०७५/७६ का लागि ल्याएको निति तथा कार्यक्रम माथि छलफल गर्दै सांसदहरुले प्रमुख प्रतिपक्षी दलका सांसदहरुले कडा आलोचना गरेका छन भने सत्ता पक्षकाले सर्मथनसहित आलोचना गरेका छन् । आज निति तथा कार्यक्रम माथि छलफल गर्दै सांसदहरुले बजेटले भ्याउन नसक्ने निति तथा कार्यक्रम ल्याइएको बताएका छन् ।
नेपाली काँग्रेसका संसदिय दलका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेश सरकारको निति तथा कार्यक्रममा ‘पकेट, प्याकेज प्रोग्राम’ को आधारमा ल्याइएको टिप्पणी गर्नुभयो । निति तथा कार्यक्रममा मुख्य प्राथमिकता के भने भनेर नदेखिएको उहाँले बताउनुभयो । कर्णाली प्रदेश सरकारले अबको पाँच वर्षमा प्रतिव्यक्रि आय व्यक्ति २१ सय डलर पु¥याउने, १० वर्षभित्रमा देशकै समृद्ध प्रदेश बनाउने निति तथा कार्यक्रम भनेको छ । यसलाई काँग्रेस संसदिय दलका नेता शाहीले १० वर्षमा प्रदेशलाई देशकै समृद्ध होइन कंगाल गराउन खोजिएको बताउनुभयो ।
‘निति तथा कार्यक्रम बस्तुनिष्ठ ढंगले भन्दा पनि हचुवाको भरमा ल्याइएको छ । जनतालाई एकसय दिनको रोजगारी दिने, सुरुङमार्ग, रेल मार्गको सम्भाव्यता अध्ययन गर्ने भनेर संघले दिएको बजेट सक्ने निति तथा कार्यक्रम ल्याइएको छ’ शाहीले भन्नुभयो, ‘कर्णालीका कुन गाउँका जनताले रेलमार्ग चाहियो भनेका छन् ? किताबका पाना भरेर निति तथा कार्यक्रम ल्याएर हुँदैन । यसले १० बर्षभित्र प्रदेशलाई देशकै समृद्ध होइन कंगाल प्रदेश बनाउँछ ।’ उहाँले निति तथा कार्यक्रममा केन्द्र सरकारले गर्ने काम पनि समावेश गरिएको भन्दै प्रदेश सरकारको निति तथा कार्यक्रममा उल्लेख गर्न नहुने बताउनुभयो । शाहीले पाँच वर्षभित्रमा पाँच हजार मेगावट विद्युत उत्पादन गर्ने, १८ बर्ष उमेर पुगेलाई सामाजिक सुरक्षा तालिम लिन अनिवार्य गर्ने कार्यक्रम व्यवहारिक नभएको बताउनुभयो ।
सत्ता पक्षका केही सांसदहरुले भने निति तथा कार्यक्रमको सर्मथन गर्दे आलोचना गरेका छन् । नेकपा सांसद अमरबहादुर थापाले निति तथा कार्यक्रमको स्वागत गर्नुभयो । उहाँले निति तथा कार्यक्रममा हाम्रा सपना साकार पार्ने कुरा ल्याएपनि ठोस रुपमा नआएको बताउनुभयो । ‘निति तथा कार्यक्रममा उल्लेख गरिएका केही विषयबस्तु राम्रा छन्’ उहाँले भन्नुभयो, ‘अझै पनि धेरै विषयबस्तु निति तथा कार्यक्रममा समटिएका छैनन् ।’
यस्तै नेकपाका सांसद गुलाबजंग शाहले निति तथा कार्यक्रममा प्रमुख प्राथमिकताहरु नछुट्टाइएको बताउनुभयो । उहाँले पुरा नहुने महत्वकाँक्षी बजेट ल्याएको बताउनुभयो । सरकारले ल्याएको निति तथा कार्यक्रममा आगामी १० बर्षभित्रमा “विकास र सम्बृद्धिको लागि ऊर्जा“ भन्ने नारालाई आत्मसाथ गर्दै “उज्यालो कर्णाली प्रदेश“ अभियानबाट कम्तीमा ५ हजार मेगावाट क्षमताका आयोजनाहरुको निर्माण कार्य अगाडि बढाइने उल्लेख गरेको छ । तर सांसद शाहले पाँच हजार मेगावट विद्युत उत्पादन गर्ने व्यवहारिक नहुने बताउनुभयो । ‘साना साना जलविद्युत आयोजना निर्माण गर्ने राखिएको भए कर्णालीका जनता अध्यारोमा बस्नु पर्थेन्’ उहाँले भन्नुभयो, ‘हाम्रो बजेटले क्षमताले भ्याउने आयोजनाहरु निति तथा कार्यक्रममा उल्लेख गरिनपथ्र्यो ।’ उहाँले निति तथा कार्यक्रममा संसदलाई नसमटिएको बताउनुभयो ।
यस्तै सांसद ठम्बर विष्टले निति तथा कार्यक्रममा सुरुङमार्ग मात्रै परिकल्पना गरेको बताउनुभयो । ‘प्रदेश सरकारले गर्न नसक्ने योजनाहरु कल्पना गरेर निति तथा कार्यक्रममा ल्याइएको छ’ उहाँले भन्नुभयो, ‘पुरा नहुने योजना भन्दा देखिने र परिणाम दिने योजना ल्याउनुपर्छ ।’