कोरोना जोखिमबाट बचाउन कर्णाली प्रदेशका नाममा उच्च अदालतको आदेश

सुर्खेत, २४ असार (जागरण) । उच्च अदालत सुर्खेतले कोभिड १९ को माहामारिको जोखिमबाट बचाउन र माहामारी नियन्त्रण गर्न स्वास्थ्य सम्बन्धि मापदण्ड पुर्याई कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारलाई परमादेश आदेश दिएको छ ।
अधिवक्ताहरु गणेश वली, शेरबहादुर केसी र अधिकारकर्मी टिका विष्टले मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, समाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय र कर्णाली प्रदेश अस्पताललाई विपक्ष बनाएर दर्ता रिटको अन्तिम सुनुवाई गर्दै उक्त आदेश जारी गरेको हो ।