सुर्खेतमा भेरोसेलको दोश्रो डोज आजदेखि दिइने

सुर्खेत, २४ असार (जागरण) । सुर्खेतमा कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो डोज आजदेखि दिइने भएको छ ।
भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिक र अग्रपंक्तिमा खटिएका व्यक्तिहरुलाई दोस्रो मात्रा दिइनेछ ।
सुर्खेतमा ६ हजार १ सय ५३ जनालाई दोस्रो डोज दिइने स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतनिधि वाग्लेले जानकारी दिनुभयो ।
वाग्लेका अनुसार कार्यालयले खोप कार्ड लिएर पहिलो डोज लगाएको केन्द्रमा गई सेवा लिन सूचना समेत जारी गरेको छ ।