कोरोना विरुद्धको खोप नदिइए परिक्षामा संचालनमा सहभागी नहुने चेतानवनी

सुर्खेत, २४ असार (जागरण) । कोरोना विरुद्धको खोप उपलब्ध नगराएसम्म परिक्षा सञ्चालनमा सहभागी नहुने शिक्षा क्याम्पस सुर्खेतका प्राध्यापकहरुले बताएका छन् ।
साउन पाँच गदेखि परिक्षा सञ्चालन हुने भनिएको छ । तर, आफुहरुलाई परिक्षा संचालन हुनुभन्दा दुइहप्ता अगाडीसम्म खोप नदिएसम्म परिक्षामा सामेल नहुने उनिहरुले बताएका हुन् ।
त्रिभोवन विश्वविद्यालय प्रध्यापक संघले एक प्रेस विज्ञप्ती जारी गर्दै परिक्षा सुरु हुनुभन्दा दुई हप्ता अगाडीनै कोरोना विरुद्धको खोप उपलब्ध गराई परिक्षामा सामेल हुने वातावरण सृजना गर्न अनुरोध गरिएको छ ।