कर्णाली प्रदेशमा थप ८४ जना कोरोना मुक्त, देशभर फेरी बढ्यो कोरोना

सुर्खेत, २४ असार (जागरण) । कर्णाली प्रदेशमा थप ८४ जना कोरोना मुक्त भएका छन । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार थप ८४ जनाले कोरोना जितेका हुन । अब प्रदेशभर १ हजार ५४ जना सक्रिय सक्रमित रहेका छन ।
यस्तै प्रदेशभर ६१ जना नयाँ संक्रमित थपिएका छन् । ६ जनामा गरिएको आरटी–पीसिआर विधिबाटको परिक्षणबाट २ जना र १८२ जनामा गरिएको एन्टिजेन विधिबाटको परिक्षणबाट ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
तिन जना कोरोना संक्रमितको भने आज मृत्यु भएको छ ।
नेपालमा फेरी कोरोना संक्रमण दर बढ्न थालेको छ । मंगलबार र बुधबार कोरोनामुक्त हुनेभन्दा संक्रमित हुने धेरै देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
थप दुई हजार नौ सय ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
सात हजार आठ सय ३५ जनाको पीसीआर र चार हजार ६३ जनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार नौ सय ८९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ लाख ९० हजार नौ सय ७४ पुगेको छ ।
यस्तै थप एक हजार तीन सय ३३ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख १४ हजार तीन सय २७ जना पुगेको छ ।
यस्तै थप २८ जनाको कोरोनाबाट मृत्यु भएको छ ।