सीपि कार्की ।
सुर्खेत, २४ असार (रेडियो भेरीगंगा) । सुर्खेतको भेरीगंगा नगरपालिकामा संचालित रिक्साहरुको भाडा निर्धारण गरिएको छ ।
भेरीगंगा नगरपालिकाले पालिका भित्र संचालन हुने सवारी साधनले कालोपत्रे सडकमा प्रती किलोमीटर अधिकतम ८ रुपैयाँ, र कच्ची सडकमा संचालन हुने सवारी साधनमा प्रती किलोमीटर१५ रुपैयाँका दरले भाडा लिनुपर्ने नियम लगाएको छ ।
तर निषेधाज्ञापछि खुलेका अटो रिक्साहरुले भाडा महंगो लिने गरेको गुनासो आएपछि नगरप्रमुख भुपेन्द्र बहादुर चन्द नेतृत्वको टोलीले अनुगमन गरेको थियो ।
अनुगमनको क्रममा नगर प्रमुख चन्दले अटोबाट महङ्गो भाडा लिने जोकोहीलाई पनि ट्राफिक नियम अनुसार कारबाही गरिने बताउनुभयो ।
अटो चालकले आफुलाई आवश्यक पर्ने सबै कागजात अनिवार्य राख्न अनुरोध गर्नु भयो ।
यस्तै, नगरपालिकाले अटो तथा ई रिक्साको पार्किङ्ग स्थल पनि तोकेको छ ।
छिन्चुको लागि साझा घर र सल्ली चोक, रामघाटको लागि हाटबजार, भेरीगंगा नगरपालिका ९ को लागि बोहोरा टोलको पुर्व गोलपार्क जोड्ने सडक लगायतमा पार्किङ स्थल तोकिएको छ ।
अटो अनुगमनमा भेरीगंगा नगरपालिकाका उप–प्रमुख रेणु आचार्य, प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेत, उद्योग बाणिज्य संघ भेरिका अध्यक्ष सोमराज ढकाल, महासचिव पुर्ण बहादुर खत्री, उद्योग शाखा प्रमुख पिताम्बर पौडेल, नेपाल घरेलुु महासंघ भेरीगंगाका उपाध्यक्ष ज्ञानु भुसाल, पशुपन्क्षी विकास शाखा भोज प्रशाद चपाइ,अस्थाई ट्राफिक पोस्ट छिन्चुका इन्चार्ज ओम प्रकाश कुर्मी र सुरक्षाकर्मिको समेत उपस्थिति रहेको थियो ।